ओझेल भित्रका सचेतना अभियान
No icon

      बौद्ध जीवन मार्ग  

                                               
        टि.बि. पुन,
तथागत भगवान बुद्धले समस्त प्राणी हित तथा मनुस्य लोककल्याण सुखशान्ति र दुःखको अन्त्य मानव निर्वाण प्राप्ति हेतु गृहत्याग गर्नुभयो । जीवनको बास्तविक रहस्यवोध विपश्यना ध्यान कठिन साधनाबाट बुद्धत्व ज्ञानलाभ गर्नुभयो । प्राप्त बोधिज्ञान शिक्षालाई मानव हित जगत कल्याण कुशल मंगल कामना राखि जनजनको ह्दयमा पुर्याउनु भयो । उहाँले दिनु भएकोे मानव हित लोककल्याणकारी अशल ज्ञानोपदेश मंगल धर्मको मार्गलाई बुद्धधर्म दर्शन र शिक्षाको नामले आज संसाभर चिनिएको छ । बुद्धले दिनु भएको अशली शिक्षा ज्ञानको आधिकारिक मूल धर्म ग्रन्थ पुस्तकलाई त्रिपिटक भनिन्छ । बुद्धको पाली भाषामा लिपिबद्ध त्रिपिटक धर्म ग्रन्थमा तीन किसिमका बुद्धोपदेशहरु लिपिबद्ध भएका छन । विनय पिटकमा भिक्षु÷भिक्षुणीहरुका शिल र अनुशासनका विषयहरु रहेका छन । अभिधम्म पिटकमा बुद्धले दिनु भएका गहन दार्शनिक शिक्षा ज्ञानका विषयमा ध्यान चिन्तन गरिएका छन ,। सुत्तपिटकमा बुद्धले लोक ब्यबहारका रुपमा दिनु भएका सामान्य ब्यबहारिक उपदेशहरु संग्रहित छन । 
                    तथागत भगवान बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व ज्ञान प्राप्त गरि ४५ वर्षसम्म देशदेशावर घुमेर धर्म चारिका गर्दै वोधि ज्ञान धर्मप्रचार गर्नुभयो । ८० बर्षको उमेरमा उहाँले महापरिनिर्वाण प्राप्त गर्नुभयो । तथागतले मानव जगतलाई अशल र कुशल सम्यक् धर्मको मार्गमा हिडन अभिप्रेरित गर्नुभयो । दुःखको अन्त्य र सुख प्राप्तिको मार्ग देखाइदिनु भयो । तथागत भगवान बुद्ध आज सम्पूर्ण मानव जगतका पिता दया र करुणाको खानि सर्वश्रेष्ठ महामानव हुनुहुन्छ । उहाँ पूजा गर्न लायक पुजनीय भगवान शास्ता हुनुहुन्छ । उहाँ तथागत सम्यक् सम्बुद्धलाई पाएर आज मानव जाति अत्यन्तै भाग्यमानी छन । उहाँदेखि सम्पूर्ण प्राणी मनुस्यहरु धन्य छन, गौरवान्वित छन् ।
मानिस सामाजिक चेतनशील प्राणी भएकाले आफनो जीवनलाई राम्रो वा नराम्रो सुन्दर वा असुन्दर केकस्तो बनाउने ? भन्ने कुरा स्वयम् ब्यक्तिको हातमा निर्भर रहेको हुन्छ । तथागतले भन्नु भएको छः “अत्ता हि अत्तनो नाथो ।” तिमी आफनो मालिक तिमी आफै हौ, तिम्रो मालिक अरु कोही होइन । त्यस्तै उहाँ भन्नु हुन्छ ः “अत्त दिप भव ।” आफनो बत्ती तिमी आफै बल । बुद्धले मानव जीवन उज्जल पार्न प्रदान गर्नु भएका अशल शिक्षा ज्ञानहरु अत्यन्तै जीवनपयोगी ज्ञानवर्धक र मूल्यवान प्रकृतिका छन् । तथागत बुद्ध भन्नु हुन्छ ः कुशल कार्य गर, अकुशल कार्य पाप काम नगर । लोभ र तृष्णाबाट अलिप्त रहो, कसैलाई पीडा नदेउ, कसैसँग द्धेष भावना रिस इबि नराख । क्रोध नराख, शत्रुता नराख । सत्यको खोज गर्नमा मनलाई बानी पार । स्वयम् आपूmबाट बिजय प्राप्त गर  । बुद्धिमान बन, न्याय सँगत आचरण गर । अशल मानिसको सँगत गर । खराब मानिसको सँगत नगर । बिबेकशील बन, साबधान रहो, प्रज्ञालाई बढाउ । बिचारपूर्वक काम गर, संयमी बन । उचो जीवन शैली होइन, उचो आचरण (संस्कृति) राख । मनलाई शुद्ध राख, जीवनमा स्वतन्त्रता, नम्रता, सदिच्छा निमार्ण गर । मिथ्यादृष्टिको पछि नलाग । ढोंगी नबन, भूmठ नबोल, अरुलाई भूठ बोल्न अभिप्रेरित नगर । जे बोल्दछौ त्यहि आचरण गर । जे आचरण गर्दछौं त्यहि बोेल । सम्यक् सहि मार्ग चुन । उसबाट बिचलित नहोउ । जुन मार्ग कल्याणकारी छ, उत्तम छ, जुन आदि, मध्य र अन्तमा पनि कल्याणकारी हुन्छ त्यहि मार्गको अनुसरण गर । अष्टागिंक मार्गको अनुसरण गर । सत्यको सत्य समझ, असत्यको असत्य समझ, सद्धम्मलाई असद्धम्ममा मिसावट नगर । तथागत बुद्धका ज्ञानोपदेश नैतिक शिक्षा अम्मर वचन वाणीहरु हामी सामाजिक मानवहरुका लागि सँधै सत्य र यथार्थमा आधारित रहेका छन । उहाँका कुनै पनि शिक्षाहरु आलोचना निन्दा गर्न मिल्ने अयोग्य छैनन् । उहाँद्धारा उपदेशित शिक्षाहरु सबै मनुस्य हित रक्षा कल्याणका लागि निर्देशित छन । त्यसैले हामी उहाँलाई भगवान बुद्ध शास्ता भनेर पूजा वन्दना ढोग गर्दछौ । तथागतलाई हामी सँधै स्मरण गर्दछौँ । उहाँलाई नमन गर्दछौ. । उहाँद्धारा उपदेशित सत्यको मार्गमा हिडन सके यो मानव जीवन वर्तमान यहि घडी मै अति सुन्दर  सार्थक अनि अर्थपूर्ण रहनेछ ।

तथागत बुद्धद्धारा उपदेशित अनन्य मार्गहरु रहेका छन । ती मध्ये दुइ मार्गहरु महत्वपूर्ण छन् । प्रथमत ः बुद्ध धर्म शिक्षाको केन्द्रविन्दू भनेको मानिस नै हो । मानिस मानिसप्रतिको हादिक प्रेम सम्बन्ध हो । मानिसले स्वयम् आफनो र उसले अरुको जीवनको हर क्षेत्रमा गर्नु पर्ने अशल ब्यबहार महत्वपूर्ण हो । दोस्रोत ः मानिसले दुःखको अस्त्विलाई स्वीकार्नु र दुःख नाश अन्त्य गर्ने मार्ग वा बाटो देखाउनु त्यसको उपाय बताउनु अर्को मार्ग हो । 
बुद्ध धर्मको महत्वपूर्ण मूल विषय चार आर्य सत्य धर्मलाई बुझनु र मनन् गर्नु हो । दुःख सत्य (सबै कुरा दुखदायी छन) । दुःख समुदय सत्य (दुःखको कारण छ) । दुःख निरोध सत्य (दुःखको अन्त छ) । दुःख निरोधागामिनी प्रतिपदा सत्य (दुःख अन्त्य निरोध गर्ने उपाय छ) चार आर्य सत्य धर्मको अवबोध गर्नु बौद्धहरुको कर्तब्य हो । यसैमा बुद्ध धर्मको मूल दर्शन र गहनता लुकेको छ ।
समस्त प्राणीहरु र मानव जगतका लागि दुःख उत्पत्तिका तीन कारणहरु छन ।
.(१) ब्यक्तिगत कारण ः ब्यक्तिको ब्यक्तिगत कारणबाट निर्मित भएको दुःख र उसको आप्mनो कर्मबाट सृजित दुःख ब्यक्तिगत दुःख हो । 
(२) सामाजिक कारण ः समाजमा बिधमान सामाजिक बिषमता ब्यबहार र अन्याय अत्याचारका कारण निर्मित उत्पन्न भएको दुःख सामाजिक कारणले सृजित भएको दुःख हो । 
(३) प्राकृतिक कारण ः प्राकृतिक घटना बाढिपहिरो आँधिबेहोरी तुफान, भुकम्प, पानीजहाज, हवाइजहाज, रेल आदि दुर्घटनाबाट भएको दुःख प्राकृतिक कारणबाट उत्पन्न दुःख हो ।
यी उत्पन्न दुःखहरु निराकरण निवारण गर्ने समाधान गर्ने उपाय मार्गहरु पनि छन । यसको लागि पहिले मार्ग हो  (१) बिशुद्धि मार्ग (पंचशीलको पालना) हो । पन्चशील अन्र्तगत ः कसैको चोरी नगर्ने । भूmठ र असत्य कुरा नबोल्ने । प्राणी हिंशा नगर्ने । शरिरलाई हानि वा नोक्शानी गर्ने मादक वा लागु पदार्थको सेवन नगर्ने । परस्त्री वा परपुरुष गमन ब्यभिचार नगर्ने । यसबाट मानिसमा राम्रो शील आचरणको निमार्ण हुन्छ र मानिसलाई दुःख हुँदैन ।
(२) असल जीवन जिउने मार्ग अष्टागिंक मार्ग हो । जसमा ः सम्यक दृष्टि (यर्थाथ रुपले बुझनु) सम्यक संकल्प (वहुजन हितका लागि गरिने अठोट) सम्यक् वचन (द्धेषरहित तरिकाले बोल्नु) सम्यक् कर्मान्त (ठिक आचरण गर्नु) सम्यक् आजिविका (इमान्दारपूर्वक जीवन यापन गर्नु) सम्यक् ब्यायम (ठिक प्रयत्न गर्नु) सम्यक स्मृति (होशियार जागरुक भइरहनु) सम्यक समाधि (चित्तलाई ठिक तरिकाले एकाग्र गर्नु)  यी सबै बिचार गरि ध्यान दिएर, होस पुरयाएर गरेको काममा हानी र दुःख हुदैन ।
(३) सदाचारको मार्ग दश पारमिता हो । यस अन्र्तगत ः दान पारमिता (त्यागको भावना हुनु) शीलपारमिता (नैतिक गुणवान हुनु) नैष्क्रम्य पारमिता (अनाशक्ति, बैराग्य भाव हुनु) प्रज्ञापारमिता (यथार्थ ज्ञान हुनु) वीर्य पारमिता (उत्साह, उमंग हुनु) क्षान्ति पारमिता (सहनशीलता हुनु ) सत्य पारमिता (यथार्थ वचन बोल्नु) अधिष्ठान पारमिता (प्रतिज्ञारत हुनु) मैत्री पारमिता (समताभाव, समानभाव रहनु) उपेक्षा पारमिता (मध्यस्थता रहनु)  अरुलाई अनुकम्पा राख्नु, दया गर्नु र परोपकार गर्नु नै पारमिताको काम हो । मानिस शील, समाधि र पंज्ञामा आबद्ध रहेर आप्mना कर्महरु पूर्ण गर्दै गएमा आफनो र अरुको मात्रै नभएर जगतको नै मंगल हित हुन्छ । दश पारमिता धर्मको वोध अनुशरण गर्नाले सो अनुसारको कर्तब्य निभाउनाले दुःखको नास हुन्छ । 
पालि भाषामा भनिएको छ ः “सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा सचित्त परियोदपनं एतं बुद्धानुशासनं ।।” कुनै पाप नगर्ने कुशल पुण्य गर्ने, आफनो चित्त शुद्ध राख्ने यहि बुद्धहरुको अनुशासन हो । यहि नै बौद्धहरुको जीवन मार्ग हो ।
भवतु सब्बमंगलम् । । ।
सन्दर्भ स्रोत ः
भद्धन्त सम्यक् सम्बोधि प्राणपुत्र । २०६३ । सम्यक् संस्कार । म्याग्दी बौद्ध संघ बेनी ।
आचार्य भिक्षु कुमार काश्यप । २०६० ।  दशपारमिता । सुखी होतु नेपाल, बुद्ध विहार भृकुटीमण्डप ।
प्रकाश बज्राचार्य । २०५३ । बौद्ध दर्पण । बुद्ध जयन्ती समारोह समिति, धर्मकिर्ति प्रकाशन ।
भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र(अनु) । २००१ । विशुद्धि मार्ग । टाइपेइ, टाइवान ।

Comment As:

Comment (0)